भकुण्डेमा समाजशास्त्रीय अध्ययन अनुसन्धान

भकुण्डेमा समाजशास्त्रीय अध्ययन अनुसन्धान

  • आश्विन २२, २०८१ मंगलवार
  • ११:३४:४३ बजे
  • 1.4K
    SHARES
  • भकुण्डेमा समाजशास्त्रीय अध्ययन अनुसन्धान

    बागलुङ : धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा समाजशास्त्र अध्ययरत विद्यार्थीहरुले बागलुङ नगरपालिका—१० भकुण्डेमा स्थलगत अध्ययन अनुसन्धान गरेका छन् । समाजशास्त्र मानवशास्त्र विभाग अन्तर्गत एमए दोस्रो समेस्टरमा अध्ययनरत विद्यार्थीहरु सहित विभागीय शिक्षकहरु सहित यही असोज १७ गतेदेखि १९ सम्म भकुण्डेको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कला संस्कृति, जनजीवन र लैङ्गिकता लगायतका सम्पूर्णं पक्षलाई समेटेर अध्ययन गरिएको अध्ययन अनुसन्धान समुहका संयोजक घनश्याम रिजालले बताए ।

    स्थलगत अध्ययनका लागि पुगेका विद्यार्थीहरुको कामलाई सराहना गर्दै धवलागिरि बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले क्याम्पसले अध्ययन र अनुसन्धानको क्षेत्रमा लाग्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने बताए । ‘पहिले पहिले समाजशास्त्रको स्नातकमा अध्ययन गर्ने विद्यार्थीहरुले यसरी नै अध्ययन गर्ने र पुस्तक निकाल्ने चलन थियो, अहिले विविए र विविएसतर्फ पनि यो कार्य भैरहेको छ,’उनले भने,‘स्नातकोत्तर तहमा अध्ययन अनुसन्धानका लागि तपाईहरुले पहिलो पटक यो कार्य गर्नुभएको छ । क्याम्पसले अध्ययन अनुसन्धानमा लाग्ने विद्यार्थीलाई प्रोत्साहन र हौसला दिने काम गर्छ ।’ अध्ययन अनुसन्धान गरेर पुस्तक प्रकाशसनका लागि क्याम्पस थोरै भए पनि आर्थिक सहयोग पनि गर्ने गरेको उनले बताए ।

    ‘विद्यार्थीहरुले विभिन्न क्षेत्रबाट सहयोग जुटाउने, आफै पनि उठाएर  गरेर काम गर्ने चलन रहँदै आएको छ,’उनले भने,‘हामीले क्याम्पसबाट पनि थोरै आर्थिक सहयोग गर्छौं । स्नाकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थी भनेको खासगरी समाजलाई अध्ययन गर्ने अनुसन्धान गर्ने र त्यसबाट निश्कर्ष निकालेर समाजलाई राम्रो बाटोमा गाईड गर्ने जनशक्ति पनि हो ।’ भकुण्डेको अतिथी सत्कार होमस्टेमा भएको सामुहिक छलफल कार्यक्रममा उनले प्राज्ञिक क्षेत्रले अध्ययन अनुसन्धान गर्नु दायित्व पनि रहेको बताउँदै त्यसलाई क्याम्पसले सधैं बढावा दिने उल्लेख गरे ।

     उक्त कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पस बागलुङका सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मी, मानविकी तथा सामाजिक शास्त्र संकायका विभागीय प्रमुख विश्वबन्धु अधिकारी विभागीय शिक्षकहरु डा. प्रकाश प्रसाद सापकोटा, सरोजराज पन्त सहित एमए समाजशास्त्र दोस्रो सेमेस्टरमा अध्ययन गर्ने १६ जना विद्यार्थी सहभागी थिए । अध्ययनमा सहभागी १६ जना विद्यार्थी हरेकले एउटा एउटा विषयमा अध्ययन गरेको र त्यस अध्ययनको निश्कर्ष सहित पुस्तक प्रकाशसन गर्ने अध्ययन अनुसन्धान समुहका संयोजक घनश्याम रिजालले बताए । 

  • सम्बन्धित विषय:

  • # भकुण्डे
  • # माजशास्त्री
  • # अनुसन्धान

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार