पर्यटन

‘पर्यटन नै देशको समृद्धिको आधार हो’

‘पर्यटन नै देशको समृद्धिको आधार हो’

गन्तव्य बागलुङ : पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला
  • जेठ २, २०८२ बिहिवार
  • १३:३३:२९ बजे
  • 2.6K
    SHARES
  • ‘पर्यटन नै देशको समृद्धिको आधार हो’

    बागलुङ : पर्यटन मार्फत नै नेपाल र बागलुङको समृद्धि सम्भव रहेको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । बुधबार नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको गन्तव्य बागलुङ ः पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्याशाला कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटनको विकास नै आर्थिक विकास सम्भव भएको उल्लेख गरे । पछिल्ला दिनहरुमा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या बढ्दै गएको भन्दै उनीहरुले पर्यटनमैत्री संरचना र व्यवहार जरुरी रहेको बताए ।

     ‘हामीकहाँ पर्यटकहरु के कुरामा बढि रुची राख्छन् भन्ने कुरालाई हामीले ध्यान दिनु जरुरी छ, त्यसो गर्न सकेको खण्डमा मात्र पर्यटकहरु दोहोराएर आउँछन्,’कार्यक्रममा सहभागीले भने,‘हामीले हाम्रा आनी बानी व्यवहारसंगै हामीले निर्माण गर्ने भौतिक संरचनाहरु पनि पर्यटनमैत्री बनाउनुपर्छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिको आयोजनामा भएको लोमान्थाङ अन्तर्राष्ट्रि मिडिया समिटको सन्दर्भ पारेर बागलुङमा पर्यटन प्रवद्र्धन कार्याशाला गरिएको हो । 

    2.JPG

    बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिकाको आर्थिक सहयोग र बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघले पनि सहकार्य गरेको थियो । 

    कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आर्थिक विकास र उन्नतिका लागि हामीले पर्यटकीय सम्भावनाका क्षेत्रहरुलाई नगदमा रुपान्तरण गर्न सक्नुपर्ने बताए । ‘हामीसंग सम्भावना धेरै छ, त्यसलाई नगदमा रुपान्तरण गर्नसक्नुपर्छ,’श्रेष्ठले भने,‘हाम्रा क्षेत्रमा रहेका हरेक चीजको मूल्य पर्छ हामीले त्यसलाई सही तवरबाट प्रचार प्रसार र प्रवद्र्धन गर्नुपर्छ ।’ श्रेष्ठले भौतिक पूर्वाधार थप्नेभन्दा भएका संरचनाको व्यवस्थापन र प्रचार गर्ने कुरा ठूलो भएको बताए ।

     महत्वपूर्ण क्षेत्रलाई पर्यटनमा जोड्ने, आर्थिक विकासमा लगाउने काम ठूलो भएको उनको भनाई छ । ‘यहाँहरु मुस्ताङ पुगेर आउनुभयो, बागलुङको बारेमा तपाईहरुले आफ्नो ठाउँमा पुगेर प्रवद्र्धन र प्रचार प्रसार गर्नुहुन्छ, हामीले कुनै अर्को ठाउँमा पुगेर यहाँ प्रचार प्रसार गछौं,’श्रेष्ठले भने,‘एक ठाउँबाट अर्को ठाउँमा पुग्नेले नै पर्यटन प्रवद्र्धन गर्ने हो । संरचना बनाउने भन्दा पनि त्यसको सही व्यवस्थापन र प्रचार अझ महत्वपूर्ण हुने रहेछ ।’ 

    पर्यटनको विकासका लागि कुनै निश्चीत एक ठाउँको मात्र प्रचारले नहुने उनको भनाई छ । ‘आज मुस्ताङको प्रचार भएकाले यहाँहरु बागलुङमा आउने वाताबरण बन्यो, पर्यटन भनेको एक अर्को क्षेत्रसंग जोडिएको विषय हो, पोखरा र मुस्ताङको बीचमा पर्ने भएकाले बागलुङले त्यसको लाभ लिनुपर्छ,’उनले भने । प्रेस युनियनले गरेको मिडिया समिट र पर्यटन प्रवद्र्धन कार्यशालाले यस क्षेत्रको विकासमा टेवा पुग्ने उनले विश्वास गरे । 

    ‘मिडिया समिटले ओलेझमा परेका स्थानको उजागर बन्ने, स्वदेशमै संभावना छ भन्ने देखाउने काम गर्नेछ’ उनले भने, ‘जलवायु परिवर्तनले पारेको प्रभावलाई न्युनिकरण गर्न पनि सरोकारवालाको ध्यान तान्ने छ ।’ कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पर्यटन प्रवद्र्धनका अपार सम्भावना भएर पनि श्रोत साधन अभावमा पूर्वाधार बनाउन नसकिएको भन्दै संचार क्षेत्रको पहलबाटै गन्तव्यहरु बन्न सकेको बताइन् ।

    3.JPG

     ‘हामीसंग सम्भावनाका क्षेत्र धेरै छन्, तर आर्थिक अभावमा सबै क्षेत्रको विकासमा लगानी गर्न सकेका छैनौं, जति गरेका छौं त्यो पर्याप्त हुन सकेको छैन,’उनीले भनिन्,‘सञ्चारक्षेत्रबाट यसको प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग पुग्नेछ भन्ने अपेक्षा छ । प्रचार प्रसारले नै कुनै पनि क्षेत्रको विकासमा ठूलो योगदान हुने रहेछ ।’ अहिले पनि पहुँचको आधारमा बजेटको विनीयोजन हुने र पालिकाबाट प्रदेश र संघमा बजेट माग्न धाउनुपर्ने बाध्यताले सोचे अनुसारको विकासमा समस्या भैरहेको उनले बताईन् । 

    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले मिडिया समिट र जलबायु परिवर्तनबारेमा प्रेस युनियनको अभियान बारेमा जानकारी गराएका थिए । नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, सचिव डम्मर बुढाको सञ्चालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का लगायतले मन्तव्य राखेका थिए । 

    कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष नरेश कंडेलले बागलुङको पर्यटन सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुतीकरण गरेका थिए । प्रेस युनियको लोमान्थाङ मिडिया समिटले जलवायु परिवर्तनको संकट न्युनिकरणका लागि पारेको प्रभावबारे सबैको ध्यानाकर्षण गर्नका लागि नै यो अभियान गरेको थियो । समिटमा अन्तर्राष्ट्रिय पत्रकार महासंघकी उपाध्यक्ष समिना इन्द्रजित सहित भारत, बंगलादेश, भुटान, बुल्गेरिया र श्रीलंका लगायतका देशका पत्रकार पनि सहभागि थिए । 

    बरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, धर्मेन्द्र झासहित युनियनका पूर्व अध्यक्षहरु पनि सहभागि थिए । पाँच दिनदेखि जारी मिडिया समिटका सहभािगलाई बुधबार बागलुङबाट बिदाइ समेत गरिएको छ । मिडिया समिटमा सहभागी विदेशी र स्वदेशी गरी दुई सय बढि पत्रकारहरुको सहभागिता थियो । उनीहरुलाई बागलुङमा ल्याएर पर्यटन प्रवद्र्धन कार्याशाला गरिएको हो । गत शनिबार काठमाण्डौंदेखि शुरु भएको कार्यक्रम पोखरा, जोमसोम, मुक्तीनाथ, लोमान्थाङसम्म चलेको थियो । 

    4.JPG

    बुधबार बागलुङ कालीका मन्दिरमा आयोजित कार्यक्रममा सहभागिले मिडिया समिटले जलवायु परिवर्तनको असर र न्युनिकरणबारे गरेको बहससँगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुगेको बताए । मंगलबार लोमान्थाङमा युनियनले २० बुँदे घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा जलवायु संकटलाई क्षेत्रीय र विश्वव्यापी चुनौतीको रुपमा स्वीकार गर्दै यसले जीवन, जीविकोपार्जनमा पारेको असरलाई जोडदार रुपमा उठाएको छ ।

    मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सूचनामा पहुँचमा पारेको प्रभावलाई पनि जोड दिएको छ । पर्यावरणमैत्री, समावेशी र दिगो विकास नीति, योजना र पूर्वाधारका लागि आब्हान गर्दै संचार क्षेत्र, राजनीतिक नेतृत्व लगायत सबैले जलवायु क्षेत्रमा चासो बढाउन पनि आग्रह गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # पर्यटन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार