बागलुङमा ७ संक्रमित थपिए, ईन्जिनियर र शिक्षक पनि संक्रमित

बागलुङमा ७ संक्रमित थपिए, ईन्जिनियर र शिक्षक पनि संक्रमित

  • पौष २१, २०७७ मंगलवार
  • २१:५९:४९ बजे
  • 3.7K
    SHARES
  • बागलुङमा ७ संक्रमित थपिए, ईन्जिनियर र शिक्षक पनि संक्रमित

    बागलुङ : बागलुङमा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    मंगलबार संक्रमित हुनेमा बागलुङ नगरपालिकाका ५ जना, जैमिनीका १ जना र काठेखोला गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

    संक्रमण लक्षण देखिएर अस्पतालमा आएकाहरुको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

    मंगलबार संक्रमित हुनेमा बागलुङ नगरपालिका—१२ का  २८ वर्षीय पुरुष, वडा नम्बर १४ का ३४ वर्षीय पुरुष, वडा नम्बर १ का ४६ र ४२ वर्षीय पुरुष तथा वडा नम्बर २ की ३३ वर्षीया महिलामा संक्रमण पुष्टी भएको हो ।

    जैमिनी नगरपालिका—१ का २७ वर्षिय पुरुष र काठेखोला गाउँपालिका—३ का ६१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टी भएको छ ।

    मंगलबार संक्रमण पुष्टि भएकामध्ये दुई जना इञ्जिनियर हुन् भने एक जना शिक्षक हुन् ।

    उनीहरु सबैमा लक्षण देखिएपछि जाँच गरिएको हो ।

    अहिलेसम्म बागलुङमा संक्रमितको संख्या ९ सय २० पुगेको छ । जसमध्ये २८ जना सक्रिय संक्रमित छन् ।

    ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

     

    सम्बन्धित समाचार