ईश्वर सुवेदी
बागलुङ : गलकोट नगरपालिका—१ चौराहमा बहुउद्देश्यीय भवनको शिलन्यास भएको छ ।
तारामण्डल आमा समुह गलकोट नगरपालिका—१ चौराहको बहुउद्देश्यीय भवनको बुधबार गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलन्यास गरे ।
शिलन्यास कार्यक्रममा नगरप्रमुख गैरेले महिलाहरुले समाज रुपान्तरणको लागि अगुवाई गर्नुपर्ने बताए ।
उनले समाज विकासका लागि महिलाहरुको योागदान उच्च रहेको बताउदैं यस कार्यमा जुट्ने सम्पूर्ण आमा समुह चन्दा दाता जग्गा दाताहरुलाई धन्यवाद व्यक्त गरे ।
बिकासको काममा यहाँका समुदायको एकता सुमधुर भएकोले तोकिएको समयमा भवन निर्माण पुरा हुने आशा व्यक्त गरे । ‘गलकोट नगरपालिकाका विकास निर्माणको लागि यहाँहरुसँगै रहेको छ,’उनले भने । जनताको योजना साकार पार्ने गरी काम नगरपालिकाले गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा गलकोट नगरपालिका विपद व्यवस्थापन संयोजक वीरजंग भण्डारीले चौराहमा जनजातिहरुको बाहुल्यता रहेको र राष्ट्रिय राजमार्गसँग पहुँचमा रहेकोले यस ठाउमा आमा समुहहरु एक भएर घरवास योजना संचालन गर्नुपर्ने बताउदै त्यसका लागि सगंठित भई योजना बनाएमा नगरपालिकाले सहयोग गर्ने बताए
भवन गलकोट नगरपालिका र संघिय संसद विकास कोषबाट प्राप्त वजेटले निर्माण कार्य सुरु गरिएको त्यसमा नपुग रकम स्थानियले स्वतस्फुर्त सहयोग संकलन गरी पुरा गर्ने गरी भवन निर्माण सूरु गरिएको आर्थिक संयोजक सीताराम पुनले बताए ।
कार्यक्रममा भवन निर्माण समिति अध्यक्ष नायव सुबेदार डिल बहादुर काउचा जग्गादाता सुबेदार डिलबहादुर काउचा राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि समाजसेवी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२०५१ सालमा स्थापना भएको तारामण्डल आमा समुहकी संस्थापक अध्यक्ष चण्डी पुनलाई कार्यक्रमको अबसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा तारामण्डल आमा समुहकी अध्यक्ष भिमकुमारी श्रीसको अध्यक्षता कोषाध्यक्ष डिलकुमारी काउचाको
स्वागत तथा सचिव डिलकुमारी काउचाको सञ्चालनमा सम्पन्न भएको थियो