ताराखोला : ताराखोला गाउँपालिकामा भएको विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी नेपाल माध्यामिक विद्यालय ताराले जितेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ३ गतेदेखि शुरु भएको प्रतियोगितामा ७ स्वर्ण, २ रजत र १ कास्य पदक सहित कुल २६ अंक सहित नेपाल माविले रनिङ शिल्ड हात पारेको हो ।
यो सँगै नेपाल माविकले लगातार २ वर्षसम्म रनिङ शिल्ड हात पारेको छ । ३ स्वर्ण ४ रजत र ४ कास्य पदक सहित २१ अंक प्राप्त गर्दै प्रजातन्त्र विकास माविले दोस्रो र ४ स्वर्ण ३ रजत र १ कास्य पदक सहित १९ अंक प्राप्त गर्दै दुर्गा भवानी मावि ताराले तेस्रो स्थान हासिल गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समितिका सदस्य लोकबहादुर क्षेत्रीले जानकारी दिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित छात्र भलिबल प्रतियोगितामा नेपाल मावि प्रथम, हरि मावि द्वितीय र दुर्गा भवानी मावि तृतीय बनेका छन भने छात्रा तर्फ नेपाल मावि प्रथम, जनप्रेम मावि द्वितीय र अर्गल मावि तृतीय बनेका छन । ३ हजार मिटर डौडमा प्रजातन्त्र माविका जित बहादुर रानाले विद्यालयलाई स्वर्ण पदक दिलाएका छन् ।
दुर्गा भवानीका मिलन थापाले रजत पदक र जनप्रेम माविका चित्र बहादुर रानाले कास्य पदक जितेका छन । छात्रा तर्फ जनप्रेम कि विष्णु घर्ती द्वितीयय र नेपाल माविकी विपना खत्री तृतीय बनेकी छन् ।हाइजम्प छात्र तर्फ दुर्गा भवानी माविका विनोद दर्जी प्रथम, नेपाल माविका मोहन खत्री द्वितीय र अर्गल माविका दिनेश रोका तृतीय बनेका छन भने छात्रा तर्फ दुर्गा भवानीकी बिनिता कँडेल प्रथम, जनप्रेमकी बुद्ध गुरुङ द्वितीय र हरि माविकी तारा अठारेले तृतीय स्थान हासिल गर्दै विद्यालयलाई पदक दिलायका छन् ।
लङजम्प प्रतियोगिता मा छात्र तर्फ नेपाल माविका शुरेस चालिसे, प्रजातन्त्र विकास माविका एकराज कँडेल र हरि माविका कमल विकले क्रमश स्वर्ण रजत र कास्य पदक जितेका छन् । छात्रा तर्फ दुर्गा भवानी मावकी कविता श्रीस, प्रजातन्त्र विकास माविकी देवि विक र जनप्रेम माविकी देवि विकले प्रथम देवि विक र तृतीय स्थान प्राप्त गरेका छन् ।
शटफुट प्रतियोगिताको छात्र तर्फ नेपाल माविका केन्द्र घर्ती, दुर्गा भवानीका निराजन रोका र प्रजातन्त्र पिकास माविका होम बहादुर विक, छात्रा तर्फ नेपाल माविकी भबिकला रोका, प्रजातन्त्र विकास माविकी लक्ष्मी दर्जी हरि माविकी तारा अठारे ले क्रमश स्वर्ण, रजत र कास्य पदक जितेका छन् ।
४ सय मिटर डौडमा छात्रा तर्फ मालारानीकी शितला पाइजा, प्रजातन्त्र विकास माविकी लक्ष्मी दर्जी जनप्रेम माविकी विष्णु घर्ती, छात्र तर्फ नेपाल माविका तारा भण्डारी, हरि माविका यमलाल निउरे र जन प्रेमका चित्र बहादुर रानाले क्रमश स्वर्ण रजत र कास्य पदक जितेका छन् ।
१ सय मिटर डौडमा छात्रा तर्फ जनप्रेमकी बुद्ध गुरुङ, मालारानीकी शितला पाइजा, प्रजातन्त्रकी बिनिता कँडेल छात्र तर्फ दुर्गा भवानीका बिनोद दर्जी, मालारानीका किरण बुढाथोकी, प्रजातन्त्र विकास माविका पूर्ण बहादुर विक क्रमश प्रथम देवि विक र तृतीय भएका छन् ।
सो अवसरमा विभिन्न खेलकुद तथा प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न भएका छन् । विजेता भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम ताराखोला गाउँपालिका सामाजिक विकास समितिका संयोजक जित बहादुर खत्रीको अध्यक्षता, नइन्द्र बहादुर गुरुङ र पुर्णभद्र निउरेको संचालनमा सम्पन्न भएको थियो ।