एनआरएनए पोल्याण्डको अध्यक्षमा ताराखोलाका केसी निर्वाचित 

एनआरएनए पोल्याण्डको अध्यक्षमा ताराखोलाका केसी निर्वाचित 

  • श्रावण ६, २०७८ बुधवार
  • ११:०१:५५ बजे
  • 6.7K
    SHARES
  • एनआरएनए पोल्याण्डको अध्यक्षमा ताराखोलाका केसी निर्वाचित 

    पुर्णभद्र निउरे 

    बागलुङ : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको अध्यक्षमा ताराखोलाका जीवन केसी निर्वाचित भएका छन् ।

    संघको जुलाई १९ मा पोल्याण्डमा भएको अधिवेशनबाट केसी अत्याधिक मतका साथ विजयी भएको सुजन केसीले जानकारी दिए । चार सय ८२ जना रहेका एनआरएनए पोल्याण्डका  पञ्जीकृत सदस्यमध्ये ३४९ जनाले मतदान गरेका थिए । निर्वाचनमा अध्यक्षमा जीवन केसी २१९ मत सहित विजयी भएका छन भने अन्य सबै पदाधिकारी समेत केसी समुहकै निर्वाचित भएको जनाइएको छ ।

    अध्यक्षका अर्का उम्मेदवार मित्रलाल पार्देले १२८ मत प्राप्त गरेका छन्।

    डाक्टर उदयदेव आचार्य संयोजक रहेको निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचनको परिणाम अनुसार आइसीसी सदस्यमा गोपाल राई, उपाध्यक्षमा कविन्द्र सुवेदी, महासचिवमा पवन खड्का, कोषाध्यक्षमा अनिल थापा र सचिव पदमा कुलबहादुर श्रेष्ठ विजयी भएका छन् ।

    युवा संयोजकमा विवेक पौडेल र सदस्यहरुमा  भविन्द्र गाहा, विक्रम महर्जन, भिमलाल उपाध्याय (बिदुर शर्मा )  मत विजयी भएका छन् ।

    प्रथम उपाध्यक्षमा प्रकाश तिवारी र महिला संयोजकमा गंगा पौडेल यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेको बताइएको छ । ताराखोला गाउँपालिका—५ स्थायी ठेगाना भएका जीवन केसी करिब ११ वर्ष अगाडि देखि रोजगारी र व्यवसायका क्रममा पोल्याण्ड कार्यरत छन् ।

    हाल हिमालयन यति रेस्टुरेन्ट का सञ्चालक समेत रहेका उनी गैर आवासीय नेपालीहरुको हकहितको क्षेत्रमा समेत क्रियाशील रहेका छन् । ‘स्वचालित, स्वावलम्वी, सुसंस्कृत र नेपालको प्रत्यक्ष राजनैतिक हस्तक्षेप विरुद्ध मेरो उम्मेदवारी’ भन्ने उद्घोषका साथ उम्मेदवारी दिएका केसी आफ्नो सम्पूर्ण प्यानल सहित विजयी बनेका हुन् ।

    दुईवर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित जीवन केसी यस अघिको कार्यकालमा प्रथम उपाध्यक्ष रहेका थिए । 

    218904328_151966270369409_4393384508885975867_n.jpg

    सम्बन्धित समाचार