मन्दिप निउरे
बागलुङ : जिल्लाको ताराखोला गाउँपालिकामा शुक्रबारबाट दोस्रो मात्रको अस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको छ । ताराखोला गाउँपालिकामा शुक्रबार १ सय ९९ जना पुरुष र २ सय ३ जना महिला गरी ४ सय २ जनाले दोस्रो मात्रको खोप लगाएका छन ।
गत फागुन २३ गतेदेखि चैत ३ गतेसम्म पहिलो मात्रको कोभीशिल्ड खोप लगाएका ६५ बर्षदेखि माथी उमेर समुहका जेष्ठ नागरिकलाई दोस्रो मात्राको रुपमा अस्ट्राजेनेका खोप लगाइएको हो । ताराखोला गाउँपालिकाको अमरभुमी स्वास्थ्य चौकीमा ६१ जना महिला ,४६ जना पुरुष गरी १ सय ७ जना, अर्गल स्वास्थ्य चौकीमा ४२ जना महिला , ३७ जना पुरुष गरी ७९ जना, हिल
स्वास्थ्य चौकीमा ४७ जना महिला , ६७ जना पुरुष गरी १ सय १४ जना र ताराखोला स्वास्थ्य चौकीमा ५३ जना महिला ,४९ जना पुरुष गरि १ सय २ जनाले अस्ट्रजेनिका को खोप लगाएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए ।