गलकोट : गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले कृषि पेशालाई तल्लो तहको पेशाको दर्जा दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।
सयपत्री बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजना तथा गलकोट नगरपालिकाको सहकार्यमा कृषि उत्पादनको लागि सहुलियत ऋण अभिमुमखिकरण कार्यक्रममा बाेल्दै नगरप्रमुख गैरेले कृषिलाई सम्मानित र व्यवसायिक पेशा बनाउनुपर्ने बताए। उनले कृषकलाई अनुदान सिमित भन्दा उत्पादनमा उत्साहित बनाउन व्याज सहुलियतमा पूजि उपलब्ध गराउने उद्देश्य अनुसार कार्यक्रम संचालन गरेको बताउए ।
उनले कृषिलाई व्यवसायिकरण गर्न सहकारीसँग सहकार्य गरेको बताउदैं नगरपालिकाले ७ दशमलव ८ प्रतिशत व्याज अनुदान दिने र कृषकले ३ प्रतिशत व्याज तिर्ने व्यवस्था गरिएको बताए ।
गैरेले गलकोट नगरपालिकाले लगानी गरेको व्याज अनुदानका कार्यक्रम अनुगमनका आधारमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरे। नगरप्रमुख गैरेले कार्यक्रमको अवसरमा बोल्दै केही ब्यक्तीहरुको निजी स्वार्थको आधारमा संसदको बिगठन आफैमा असंवैधानीक र अलोकतान्त्रीक भएको बताए ।
उनले उसर्वोच्च अदालतले अदालतले प्रतिनिधी सभाको पुनस्थापना गर्नुपर्ने बताउदैं नगरप्रमुर्ख गैरेले जनताको संबिधान रक्षा गर्न सबोच्च अदालतले न्याय दिने बिश्वास ब्यक्त गरे । सवोच्चबाट समेत संसद बिगठन सदर भएमा देशमा अराजक स्थीति सृजना हुने भएकोेले निर्वाचनमा सहभागी भई संबिधानको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले कृषकलाई सहजता प्रदान गर्न र उत्पादनको सहि मुल्य कृषकले पाउने व्यवस्था गर्न हाटबजारको ब्यबस्थापनको गर्ने तयारी नगरपालिकाले गरेको बताए ।
उनले नगरले हाटबाजारको ब्यबसथ गरि कृषी उपजको मुल्य बिचौलियालाई बिस्थाप गरि कृषकको हातमा पर्ने गरि योजना निर्माण गरेको बताए । कार्यक्रममा सयपत्री बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड सहकारी सस्था अध्यक्ष चिन्तामणि शर्माले सहकारीका सबै सदस्यलाई आत्मनिर्भर बनाउने उदेश्यले सहुलियत ब्याजमा आधारित कर्जा कार्यक्रम सं०चालन गरिएको बताए ।
उनले प्राबिधिक तथा बिमा सहितका सेवा प्रवाह हुने भएकोले ढुक्क संग आफ्नो कृषि ब्यबसाय गर्न कृषकलाई आग्रह गरे । सयपत्री बहुउद्धेश्यीय सहकारी सस्थाले ३ करोड लगानी तथा गलकोट नगरपालिकाले करिब ३८ लाख लगानी गरि ब्याजमा अनुदान कार्यक्रम संचालन गरिएको गलकोट नगरपालिकाले जनाएको छ ।
१ सय ८४ जनाको आवेदनमा १ सय ७ जनालाई न्युनतम २ देखी ४ लाख रुपैया लगानी गरि १८ महिनामा भुत्तानी गर्ने ब्यबस्था गरिएको छ ।
१० दशमलब ८ प्रतिशत ब्याजदरमा ७ दशमलब ८ प्रतिशत ब्याज नगरपालिकाले अनुदान दिने र ३ प्रतिशत ब्याज स्वय कृषकले भुक्तानी गर्नुपर्ने ब्यबस्था गरिएको गलकोट नगरपालिकाका कृषि तथा पशुसेवा शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । आज १ सय ७ जना कृषकलाई दुई चरणमा कृषि उत्पादनको लागि सहुलियत ऋण अभिमुमखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहुलियत ब्याजमा आधारित कजा कार्यक्रम, कृषकलाइृ हुने फाईदा कृषि बिमा प्राबिधिक सहयोग जस्ता बिषयमा, गलकोट नगरपालिकाका कृषि तथा पशुसेवा शाखा प्रमुख हरिदत्त सुवेदी, सहकारीका प्रवन्धक रबिलाल शर्माले सहजिकरण गरेका थिए ।
कार्यक्रम सयपत्री बुहउद्धेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता सचिव हेमराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।