एमसीसी (कविता)

एमसीसी (कविता)

  • भाद्र १४, २०७८ सोमवार
  • ०८:५५:३८ बजे
  • 20.0K
    SHARES
  • एमसीसी (कविता)

    घाम लाग्दा लाग्दै 
    कुनै बेला हुरी आए जस्तै
    महिनाको १/२ पटक हाम्रो घरमा 
    साहु आएर कराए जस्तै 
    पानी बेस्सरी उम्लेर 
    बिस्तारै सेलाउदै गए जस्तै

    बेला बेला चर्चामा आउँछ एमसीसी  
    तताउछ सामाजिक संजाल 
    आन्दोलन गर्छन युवाहरू
    फेरि बिस्तारै सेलाउछन 
    अनि महिना दिन गुमनाम हुन्छ एमसीसी  

    कोहि भन्छन,
    अमेरिकाले अरबौ पैसा नेपालको विकासमा ठमाउछ 
    कोहि भन्छन
    अनुदानको नाममा हाम्रो देशमा 
    शासन जमाउछ ।

    साच्चै मैले आजसम्म 
    भिखारीले भिख मागेर 
    धनी बनेको सुनेको छैन 
    बिना स्वार्थ अरबौ पैसा 
    सित्तैमा खा भनेको सुनेको छैन ।

    ए ! 
    विदेशीलाई कानुन माथी तेकाउने 
    देश हरूवा हो 
    केही काम न गरि बजेट पचाउने 
    पानी मरुवा हो 
    स्वाधीनता धितो राखेर 
    न गर एमसीसीमा सहि 
    अस्तित्व गुम्ने डरै डरमा 
    नचुहाउ डलरमा र्याल 

    म सहन सक्दिन 
    नेपाल आमाको छाटीमा 
    बिदेशीले बुट बजारेको 
    सर्वोच्च शिखर सगरमाथा 
    जानी जानी बसाई सारेको 


    म देख्न सक्दिन 
    बुद्ध जन्मेको माटोमा 
    युद्धको बादल मदारिएको 
    हाम्रा सुन्दर जङ्गल भित्र 
    बम र बारुदको गन्ध आएको 


    सेना आउने सम्झौता छैन भनिएला,
    मेलै देखिन 
    सिरियाको बाल मस्तिष्कमा 
    बम पड्काउने सम्झौता
    इराकको रास्ट्रपतिलाई
    सडकमा ढलाउने सम्झौता 
    हिरो सिमा नाकासाकी सहर
    क्षण भरमै जलाउने सम्झौता 
    त्यसैले त, म 
    एमसीसीको विरोधमा कराउछु ।
    हाम्रो हालत पनि यस्तै
    हुन्छ कि, भनेर डराउछु ।

    तिमी किन बुझ्दैनौ 
    नेपाल बिकास नहुनु 
    पैसा नभएर होइन 
    नियत सकिएर हो 
    काम नगरेरै कमिसन 
    लिने
    एनसीइएलएल भाट्भटेनीलाई कर छल्न दिने ,
    अरबौ घुस पचाउने पनि
    अपराधीलाई सत्ताको आडमा बचाउने पनि 
    तिमीहरूनै होइनौ ? 


    भयो अब 
    देश भित्रको कालो धन
    निकाल्ने अभियान चलाउ
    पालिकामा करडौ बेरुजु गर्नेको 
    कठालो समाउ 
    चाहिदैन रास्ट्रघाती एमसीसी  
    पर्दैन पैसाकोलागि कानुन च्यात्न 

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # लक्ष्मी अर्गेजा मगर

  • लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार