ताराखोलामा माओवादी केन्द्रको टोल भेला 

ताराखोलामा माओवादी केन्द्रको टोल भेला 

  • भाद्र २८, २०७८ सोमवार
  • २०:०२:०६ बजे
  • 3.4K
    SHARES
  • ताराखोलामा माओवादी केन्द्रको टोल भेला 

    शान्त खत्री मौसम 

    ताराखोला : नेकपा माओवादीले केन्द्रले जिल्लाको ताराखोला गाउँपालिमा  टोल कमिटी गठन प्रकृयालाई तीब्र बनाएको छ ।

    पालिकाको वडा नम्बर नम्बर ३ अन्तर्गत काक्रांखोर टोलमा तेजु कार्कीको संयोजकत्वमा १७ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।जसको सह–संयोजकमा लिल बहादुर विक, सचिवमा गंगबहादुर खत्री, सह–सचिव यामलाल निउरे, कोषाध्यक्षमा राधिका भर्ताल सदस्यहरुमा कृष्ण विक ,दिपक घिमिरे, लालबहादुर खत्री, कृष्ण चुदारा, भिम बहादुर बिक, मतिलाल बिक,प्रेम खत्री ,रबिन कार्की,लिल बहादुर खत्री ,रिता बिक,कृष्ण खत्री र सिर्जना कार्की चयन भएका छन् ।

     नेकपा  माओवादी केन्द्र पालिका कमिटी  सदस्य कृष्ण विकको अध्यक्षतामा भएको भेलामा माओवादी केन्द्रका जिल्ला सदस्य एवम् वाईसिएल जिल्ला संयोजक रमेश घर्ती, गाउँपालिका  सदस्य एवम् वाईसिएल पालिका संयोजक जीवन बस्नेत ,गाउँपालिका  सदस्यहरु  कर्ण बहादुर भण्डारी र  रबिन्द्र चोखालले मन्तव्य राखेका थिए  । 

    भेलालाई सम्बोधन गर्ने व्यक्तहरुले  ताराखोला गाउँपालिका माओवादीको किल्ला भएको हुँदा माओवादीको विरासतलाई  सधैं जोगाइ राख्न सबैलाई आफ्नो ठाउँमा लाग्न समेत अनुरोध गरे ।

    नेकपा  माओवादी केन्द्र वार्ड सदस्य लिल विकले  स्वागत मन्तव व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण वार्ड सदस्य शान्त खत्री मौसमले गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # ताराखोला
  • # माओवादी केन्द्र

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार