गलकोट :सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट सेवा केन्द्रको बाहौँ वार्षिक साधारण सभा तथा विस्तारित मञ्च कार्यक्रम आईतबारदेखि गलकोटमा सुरु भएको छ ।
साधारण सभालाइ उदघाटन गर्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले ग्रामिण समुदायमा समृद्धि ल्याउनको लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताईन् । उहाँले सहकारीले संस्थाहरुले समुदायमा रहेका आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर स्वरोजगार र उत्पादनका लागि उत्प्रेरित गराउनुपर्ने समेत बताईन् । काउचाले गलकोट नगरपालिका सहकारी मैत्री रहेका बताउदै सहकारीले नगरपालिकासँग सम्वन्य गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै त्यसको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
काउचाले शेयर सदस्यहरुलाई सहकारी संघ संस्थाहरुबाट ऋण लिईसकेपछि उक्त रकम उत्पादन एवम् आयआर्जन हुने खालका पेशा व्यवसायमा लगाउनी गरि आत्मनिर्भर बन्न आग्रह समेत गरे ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तिलक घर्तिमगर, गलकोट नगरकार्यपालिका सदस्य शिब खत्री, सफल उधमीको तर्फबाट कौशिला घर्तिमगर, महिला शेयर सदस्यको तर्फबाट कमला परियार र सेवा केन्द्र संयोजकहरुको तर्फबाट धनप्रसाद बुढामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ८० वर्ष माथिका जेष्ठ नागरिका टोप बहादुर कार्की, कुल बहादुर बोहोरा, मोतिराम श्रीस र भिमकली बुढाथोकी असल उधमी ऋणी जमुना कुमारी खत्री लगायतलाई सम्मान गरिएको थियो ।
साधारण सभामा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट सेवा केन्द्रका सचिव खिम साहानीले प्रगति
प्रतिवदेन र संस्थाका कोषाध्यक्ष सितादेवी सापकोटा कंडेलले तयार पारेको कुल १७ करोड १६ लाख २० हजार ४ सय २० आम्दानी १५ करोड ५९ लाख १० हजार ४१ खर्च र १ करोड ५७ लाख १० हजार ३ सय ७८ नाफा बराबरको आर्थिक प्रतिवेदन संस्थाका ऋण सहायक दिपक शर्माले प्रस्तुत गरेका थिए ।
१ अर्ब ९५ करोड ७४ लाख २३ हजार ४ सय ८८ कुल पुँजी तथा दायित्व रहेको सहकारीमा १९ हजार २ सय ३० शेयर सदस्यहरु रहेका छन् । केन्द्रिय कार्यालय बागलुङमा रहेको सहकारी संस्थाको हाल सम्म गलकोट सदस्य सेवा केन्द्र सहित जिल्लाभर २३ वटा सेवा केन्द्र समेत सञ्चालनमा रहेका छन् ।
सहकारीले अहिले विभिन्न सेवा केन्द्रहरुबाट आफ्ना शेयर सदस्यहरुलाई विभिन्न सेवा सुविधा सहित जुनसुकै सेवा केन्द्र कार्यालय
मार्फत बचत राख्न र झिक्न मिल्ने ब्यवस्था, रेमिटयान्सको सेवा, मोवाईल बैङकीङ सेवा औषधी उपचार सेवा जेष्ठ नागरिक पेन्सन सेवा, सुत्केरी पोषण सेवा, अध्र्वदैहिक राहत सुविधा लगायतका सेवा समेत दिईरहेको सहकारीले जनाएको छ ।
सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा ११ जना शेयर सदस्य तथा ८० वर्ष माथिका जेष्ठ नागरिक ३२ जना शेयर सदस्यहरुलाई औषधि उपचार खर्च ३ सय ५ जना शेयर सदस्यहरुलाई अध्दैहिक सेवा, १ सय ५ जना शेयर सदस्यलाई सुत्केरी पोषण भत्ता र ९७ जना जेष्ठ नागरिकलाई मासिक १ हजारका दरले पेन्सन भत्ता समेत वितरण गरेको थियो ।
कार्यक्रम सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट सेवा केन्द्रका संयोजक राम खत्रीको अध्यक्षता र सेवा केन्द्र सचिव खिम साहानीको सञ्चालनमा सम्पन्न भएको थियो ।