बागलुङ : जिल्लाको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर विक हिमाल निर्वाचित भएका छन् । आईतबार बिहान सम्पन्न मतगणनामा पाँच दलीय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका उनले कुल २२८५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई १९५ मतले पछि पारेर उनी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित प्रकाश घर्तीले यस पटक पनि उम्मेदवार बन्ने चाहाना राख्दा पार्टी टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले कुल २०९० मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर रोका विजयी भएमा छन् ।