बागलुङ : जिल्लाको तमानखोला गाउँपालिकाद्वारा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले पालिकामा भएका आर्थिक वर्ष २०७७÷०७८ को विकास निर्माण, पालिकाले लिएका योजना र लक्षका विषयमा जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधिबीच छलफल गरिएको हो । विभिन्न सूचकलाई आधार मानेर समृद्ध तमानखोला गाउँपालिका अभियानमा जुटेको पालिकाले गत गत आर्थिक वर्षमा भएका कार्यक्रम, योजना त्यसको प्रभाव र भावी रणनीति समेटिएको प्रतिवेदन तयार पार्दै सम्बन्धित क्षेत्रका विषय विज्ञले आफनो प्रतिवेदन प्रस्तुत गरेका छन ।
प्रत्यक फाँटको प्रगति समीक्षामा सम्बन्धित क्षेत्रका प्रमुखले आफनो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा लेखा अधिकृतले आर्थिक वर्ष ०७७÷०७८ को वित्तिय विवरण, वडा सचिवहरुले ६ वटै वडामा गरिएको कार्यक्रमको जानकारी गराएका थिए । त्यस्तै स्वास्थ्य अधिकृतबाट स्वास्थ्य क्षेत्रमा भएको प्रगति, समस्या र चुुनौतीका विषयमा आफनो प्रतिवेदन प्रस्ततु भएको थियो ।
पालिकाले लिएका योजना तथा कार्यक्रम अन्र्तगत भौतिक संरचना विकास निर्माणको सवालमा प्राविधिकले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शिक्षा अधिकृतले शैक्षिक क्षेत्रको विषयमा , कृषि र पशु शाखा प्रमुखद्वारा कृषि क्षेत्र र पशु क्षेत्रमा भएका योजना, कार्यक्रम र त्यसको प्रभावकारीताका सवालमा आफनो धारणा सहितको प्रतिवेदन प्रस्तुत भएको थियो । गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गरिएको कार्यक्रमका सवालमा स्वरोजगार संयोजकबाट गत आर्थिक वर्षमा रोजगारीको अवस्था र त्यसको प्रभावका विषयमा आफनो प्रतिवेदन प्रस्तुत भएको थियो ।
कार्यक्रमका अवसरमा सहभागीहरुले प्रतिवेदनको अध्ययन गर्दै राम्रा विषयवस्तुलाई सम्मान गर्दै आफुलाई चित्त बुज्दो नभएको क्षेत्रमा सुझावको रुपमा आफनो धारणा प्रस्तुत गरेका थिए ।
पालिकालाई समृद्ध बनाउन र विगतमा भएका कार्यक्रम, कमिकमजोरी तथा भावी योजना निर्माणमा उक्त कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने सहभागिको धारणा थियो । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।