गलकोटमा पालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिता हुने 

गलकोटमा पालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिता हुने 

  • फाल्गुण १७, २०७८ मंगलवार
  • १९:१३:१० बजे
  • 3.0K
    SHARES
  • गलकोटमा पालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिता हुने 

    बागलुङ : जिल्लाको गल्कोट नगरपालिकामा अन्तरपालिका स्तरिय मेयर कप भलिबल प्रतियोगिताको संचालन हुने भएको छ । गलकोट नगरपालिकाको स्थापना दिवसको अबसर पार्ने गरी यहि फागुन २३ देखि २७ गतेसम्म गलकोट नगर खेलकुद विकास समितिको आयोजनामा  सञ्चालन हुने मेयर कप भलिवलको प्रतियोगिताको तयारी समेत तीब्र पारिएको छ ।

    स्थानीय तह बनिसकेपछि नयाँ बनेको गलकोट नगरपालिकाको स्थापना दिवस  फागुन २७ गते भएकोले नगरपालिकाको स्थापना दिवसलाई भव्य रुपमा मनाउन मेयर कप प्रतियोगिताको आयोजना गरिएको खेलकुद विकास समितिले जनाएको छ ।
    कार्यक्रमको अबसरमा चौथो नगरप्रमुख रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत सञ्चालन गर्ने तयारी भएको गलकोट नगर खेलकुद विकास समितिका अध्यक्ष तथा पूर्व राष्ट्रिय भलिबल खेलाडि योगेश भण्डारीले जानकारी दिए । ‘भलिबल खेल गलकोटमा सर्वाधिक रुचाईएको खेल हो, यहाँबाट धेरै राष्ट्रियस्तरको खेलाडि पनि उत्पादन भैसक्नुभएको छ,’ उनले भने,‘नयाँ खेलाडि उत्पादन गरी राष्ट्रिय स्तरमा पहिचान गराउनका लागि यो प्रतियोगिता महत्वपूर्ण हुनेछ ।’

    भण्डारीका अनुसार खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले गलकोट नगरपालिकाको नीति तथा कार्यक्रममा समेत मयेरकप भलिबल प्रतियोगिता सञ्चालन गर्न समावेश गरेको थियो । 

    प्रथम मेयरकप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख र मेयरकप, द्वितिय हुने समुहले  ७५ हजार र सान्त्वना हुने दुई समुहले २५÷२५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सवोत्कृष्ट खेलाडिले १० हजार, विधागत रुपमा उत्कृष्ट हुने सर्भर, स्पाईकर, सेटर, ब्लकर, डिफेन्डर र टिम कोचलाई जनही ५ हजार प्रदान गर्ने नगर खेलकुद विकास समितिका सचिव रुद्र नारायण सापकोटाले जानकारी दिए । प्रथम मेयरकप प्रतियोगिता सहित गलकोट नगर क्षेत्र भित्रका विद्यालयहरुको सहभागितामा अन्तर विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतिोगिता, हाईजम्प, लङ्जम्प, सटफुट, रिले दौड, त्रिपलजम्प, ज्याबिल्ङ थ्रो, लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने नगर खेलकुद विकास समितिले जनाएको छ ।

    ‘अहिले पत्राचारसंगै प्रचार प्रसारको काम भैरहेको छ,’ अध्यक्ष भण्डारीले भने,‘प्रतियोगिता धेरै भएकोले सबै प्रतियोगितालाई व्यबस्थीत बनाउन बनाउनका लागि  खेलकुद विकास समितिले योजनागत रुपमा विभिन्न काम बाँडफाँड गरी तयारीलाई तीव्रता दिएको छ ।  यसै पनि गल्कोट नगरपालिका भलिबल खेलको नामबाट नेपाल भरमै चिनिएको र आगामी दिनमा गलकोट नगरपालिकालाई भलिलबको ‘हब’ बनाउने योजना अनुसार यस मेयरकप भलिबललाई व्यवस्थित बनाउँदै  खेलकुद क्षेत्रको समग्र रुपमा विकास गर्दै लैजाने समेत  खेलकुद विकास समितिले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # गलकोट
  • # भलिबल
  • # मेयरकप

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार