कोरोनाको कारण चन्द्रागिरि हिल्स २५ करोड घाटामा

कोरोनाको कारण चन्द्रागिरि हिल्स २५ करोड घाटामा

  • श्रावण २५, २०७८ सोमवार
  • १२:१५:१६ बजे
  • 3.0K
    SHARES
  • कोरोनाको कारण चन्द्रागिरि हिल्स २५ करोड घाटामा

    काठमाडौं : कोरोनाको कारण लामो समय बन्द रहेको चन्द्रागिरि हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ घाटामा देखिएको छ ।

    अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरि हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारले गत वर्ष नै लकडाउन गरेको थियो । गत वर्ष लामो समय र यस वर्ष हालसम्म पनि चन्द्रागिरि केवलकार तथा रिसोर्ट खुला हुनसकेको छैन ।


    लामो समय बन्द गर्नु पर्दा चन्द्रागिरिको आम्दानी घटेर नोक्सान भएको हो । वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्ष कम्पनीको ४१ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी थियो ।

    सम्बन्धित समाचार