छविलाल पाण्डे
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारण सभा एवं केन्द्र स्तरीय विस्तारीत मञ्च साधारण सभा बुर्तिबाङको कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीले बागलुङ, म्याग्दी र पर्वत जिल्लाका विभिन्न शाखामा एकै पटक औपचारिक कार्यक्रम गरी साधारण सभा एवम विस्तारीत बैठक सम्पन्न गरेको छ । सिवाइसी साकोस बुर्तिबाङ सेवा केन्द्रका संयोजक कृष्ण केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा सिवाइसी साकोस केन्द्रिय समिती उपाध्यक्ष गण्डकी थापा अधिकारीको प्रमुख आतिथ्यता रहेको हो ।
आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै थापाले हुँदा खाने र हुने खाने विचको खाडल पुर्नका निम्ति सिवाइसी सहकारी निरन्तर अगाडी बढिरहेको बताए ।
ऋण र वचतको मात्र काम नगरी सेयर धनीको सेवा र सुविधाका निम्ति विभिन्न २१ प्रकारका सेवा तथा सुविधा लिएर समय सापेक्ष रुपमा सहकारी सँस्था अगाडी बढिरहेको बताउँदै सेयर धनीहरुको सुख दुखको सहयात्री सिवाइसी सहकारी रहेको बताईन् । ३ जिल्लाका २३ स्थानमा सेवा विस्तार गरीरहेको सहकारीमा हालस २० हजार बढि सेयर सदस्य आवद्ध रहेको बताईन् ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, समाजसेवी नन्दराम भुसाल, संस्थाका परामर्स
दाता हिरालाल पौडेल, पत्रकार छविलाल पाण्डे लगायत सञ्चालक समिति पदाधिकारीको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रमका अवसरमा सँस्थाका कोषाध्यक्ष केशमाया बुढाद्वारा संस्थाको २०७७÷०७८ आर्थिक प्रतिवेदन तथा सदस्य दिलमाया पौवीले २०७७÷०७८ को प्रगति प्रतिवेदन र ०७८÷०७९ को प्रस्तावित कार्यक्रमको सन्दर्भमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सन्दर्भमा उत्कृष्ट ऋणि, उत्कृष्ठ वचतकर्ता, बाल वचत कर्ता र नियमित कारोबार गर्ने सेयर धनीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।
कार्यक्रम बुर्तिबाङ सदस्य सेवा केन्द्रका सचिव चुडामणी भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।