बुर्तिबाङमा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेला हुने

बुर्तिबाङमा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेला हुने

  • आश्विन २३, २०७८ शनिवार
  • १९:२१:५१ बजे
  • 7.2K
    SHARES
  • बुर्तिबाङमा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेला हुने

    बुर्तिबाङ : यस वर्ष बुर्तिबाङ राईजिङ युवा क्लवको आयोजन ढोरपाटन नगरपालिकाको सहकार्यमा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेला सञ्चालन हुने भएको हो ।

    बुर्तिबाङ राईजिङ युवाक्लवले शनिबार पत्रकार सम्मेलन मार्फत कार्यक्रम हुने जानकारी गराएको हो । यस बर्ष पनि ढोरपानट नगरपालिकाको करकटिबाहेक २५ लाख रुपैया आर्थिक सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । गत वर्ष कोभिड १९ का कारण मेला प्रभावित बनेको थियो । तर यस कोभिडको प्रकोप कम भएको कारण यस वर्ष कार्यक्रमलाई निरन्तरता दिन थालिएको क्लवले बताएको छ ।

    कार्यक्रममा पुरुष,महिला खुल्ला पालिकाल स्तरिय मेयर रनिङ गोल्डकप प्रतियोगिता रहने छ ।

    जसको पुरुष तर्फको पुरस्कार रासी १ लाख ११ हजार १ सय ११ रुपैया दास्रो पुरस्कार ६१ हजार १ सय ११ रहने छ भने महिला महिला तर्फ प्रथम ६१ हजार १ सय ११ र दास्रो पुरस्कार रासी ४१ हजार १ सय ११ रहने क्लवले जानकारी दिएको छ । कार्यक्रममा खुल्ला सामुहिक नृत्य प्रतियोगिता,खुल्ला एकल नृत्य प्रतियोगिता,पञ्चेबाजा प्रतियोगिता ,सरायाँ नाच प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, श्लो बाईक रेस प्रतियोसगता,पुरुष तथा महिला छेलो ,दोहोरिगित प्रतियोगिता कार्यक्रम रहने बताईको छ ।

    कार्यक्रममा कृषि तथा शैक्षिक कार्यक्र नपरेको किन भन्ने पत्रकारको प्रश्नमा क्लवका नयाँ कार्य समितिले तत्काल कार्यभार

    समालेको र छोटो समयको कारण तत्काललाई कार्यक्रममा समावेस नगरिएको र पुन क्लवको बैठक बाट शैक्षिक तथा कृषिका कार्यक्रम थप गर्ने क्लवले बताएको छ । मेला यही असोज ३ गतेदेखि ८ गते सम्म सञ्चालन हुने छ उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले ५ गते उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराईको छ ।

    कार्यक्रममा प्रत्यक दिन साझ राष्टिय कलाकार लोक तथा दोहोरी गायक बिष्णु खत्री,लोक तथा दोहोरी गायिका देवी घर्ती

    तथा भोईस अफ नेपालकी तारा श्रीसको सांस्कृतिक कार्यक्रम रहने कार्यक्रममा जानकारी दिएको छ । कार्यक्रमममा पत्रकारले सोधेको प्रश्नको जवाफ, क्लवका अध्यक्ष शमसेर बि.क.,सचिव झरना कँडेल, मेला संयोजक प्रेम तामाङ, उमेश र्सिपार्ली, पुर्व

    सदस्य तथा मानार्थ सदस्य अमर लोप्चन र क्लवका कोषाध्यक्ष मिथुन विकले जवाफ दिएका थिए । 

  • सम्बन्धित विषय:

  • # बुर्तिबाङ
  • # ढोरपाटन मेयर रनिङ गोल्ड कप
  • # कोजाग्रत पूर्णिमा मेला

  • विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार