ताराखोलामा गण्डकी प्रदेशको १५ करोडको योजना 

ताराखोलामा गण्डकी प्रदेशको १५ करोडको योजना 

  • श्रावण ७, २०७८ बिहिवार
  • १०:५६:२४ बजे
  • 5.7K
    SHARES
  • ताराखोलामा गण्डकी प्रदेशको १५ करोडको योजना 

    पूर्णभद्र निउरे 

    बागलुङ : चालु आर्थिक वर्ष २०७८/७९मा  गण्डकी प्रदेशबाट  ताराखोला गाउँपालिकामा सडक, खानेपानी र सिँचाईलाई प्राथमिकतामा राखेर तय भएका योजनालाइ बजेट विनियोजन भएको छ ।

    प्रदेश सांसद चन्द्र बहादुर बुढा ( सागर ) र दिलमाया रोका (दिपा) को पहलमा ताराखोला गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा क्रमागत, समपुरक र वहुवर्षिय  सहित करिब १५ करोड भन्दा बढीका योजनाहरु समाबेश भएको बताइएको छ । सडक तर्फ खोलाखर्क तिनचुले सडक ४० लाख, करिमेला मपेश नाङ्गि सडकका लागि २० लाख , करिमेला अर्गातुम सडक ८ लाख, दलामचौर सागुबोट भात खानेडाँडा सडक २० लाख , डोप्टा घुम्टे सडक २५ लाख , घुस्मेली अर्गल सडक ( समपुरक  )७० लाख, विनियोजन भयको छ ।

    बहुवर्षीय योजनातर्फ पालिका जोड्ने सडक ४  करोड ५० लाख, मुख्य सडक गल्कोट—ताराखोला ५ करोड १० लाख विनियोजन भएको छ ।

    सिँचाई तथा खानेपानी तर्फ संघ तथा प्रदेशको क्रमागत रकम डोल्डी आँगाखेत सिँचाई योजना ९० लाख, लाबाङ राटामाटा सिँचाई १० लाख, हल्पुखोला खानेपानी ३० लाख, हिल सादि खानेपानी १० लाख, बिसौना खानेपानी १० लाख, भुस्कात खानेपानी ५ लाख, धस्मर करिमेला खानेपानी  ५ लाख, काँक्राखोर खानेपानी ५ लाख, महाभिर खानेपानी ६० लाख, थापागैरा खानेपानी ७० लाख, खापागैरा खानेपानी १० लाख र ताराखोला ४÷५ खानेपानी योजनाका लागि १५ लाख बजेट विनियोजन भएको छ ।

     त्यसैगरी अन्य योजनातर्फ हिले सामुदायिक भवन १५ लाख, दुर्गा भवानी माविको तला थपको लागि ४० लाख , बतासेडाँडा सिद्ध गुफा ५ लाख  बजेट विनियोजन भएको छ ।

    मोटरेबल पुल तर्फ घुस्मेली,पुवाधुने खोला,दलामचौर,दोगाडी ,रानिबास र धप्लेङ्गका लागि यसै आर्थिक वर्षमा डिपिआर हुने प्रदेश सांसद चन्द्र बहादुर बुढाले बताए । सिमित स्रोत र साधनका कारण जनताबाट आयका अन्य सबै  योजनाहरु समावेश गर्न नसकिएको भन्दै सांसद  बुढाले आगामी दिनमा क्रमशः समस्याग्रस्त ठाउँका योजनाहरुले प्राथमिकता पाउँदै जाने बताए ।

    स्थानीय तहका जनप्रतिनिधिसंगको समन्वयमा  योजना छनोट गरी प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम र बजेटमा यी योजना समावेश गरिएको   सांसद  दिपा रोकाले बताईन् । 

    सम्बन्धित समाचार